Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेको लहर बढ्दै गएको छ। जिल्ला स्तरीय नियमित बैठकको अवसरमा १२ जना भन्दा बढी नेता तथा कार्यकर्ताले रास्वपा प्रवेश गरेको जिल्ला उपसभापति सुमन गैरेले जानकारी दिनुभयो। यसअघि पनि विभिन्न पालिका र वडाहरुमा रास्वपा प्रवेश गर्नेको संख्या उल्लेखनीय रहेको गैरेले बताए।

जिल्ला सभापति विष्णु प्रसाद भण्डारीको अध्यक्षता तथा जिल्ला सचिव नारायण न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ८ र ९ बाट विभिन्न दलका जिम्मेवार नेताहरूले रास्वपा प्रवेश गरेका छन्।

नेकपा एमालेका सक्रिय सदस्यसमेत रहनुभएका तानसेन नगरपालिका वडा नं. ८ का उमानाथ घिमिरेले देशको समृद्धि र निकासका लागि अब रास्वपा नै विकल्प भएको बताउँदै पार्टी प्रवेश गरेका हुन्। उनले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

पार्टी सभापति भण्डारीले नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै मुलुकको समग्र विकास र नयाँ राजनीतिक सोचका लागि रास्वपा अपरिहार्य रहेको धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि पार्टीको भावी योजनाबारे चर्चा गरेका थिए।

जिल्ला उपसभापति गैरेले कार्यक्रमका क्रममा पार्टीप्रति उठेका प्रश्नहरूको जवाफ दिँदै, आगामी योजनाहरूको विषयमा जानकारी गराएका थिए। उनले पार्टीको संगठन विस्तारलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार