Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिका वडा नं.–२ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा प्रबल कुमार बलले निर्वाचन अधिकृतको कार्यालय पुगेर बागी उम्मेदवारी दर्ता गरिएको छ।

उम्मेदवारी दर्तापछि सुनापति न्युज डटकमसँग प्रतिक्रिया दिँदै बलले आफ्नो उम्मेदवारी वडा नं.–२ दिमीपोखरीवासीका आवाजलाई प्रतिनिधित्व गर्ने बताए । ‘दिमीपोखरीवासीको प्रतिनिधित्व गरि मेरो उम्मेदवारी परेको छ, मलाई विश्वास गर्ने छन्,’ उनले भने ।

को हुन् त वडा अध्यक्षका बागी उम्मेदवार बल ?

वडा अध्यक्षका उम्मेदवार बल लामो समयदेखी नेकपा माओवादी केन्द्रको राजनितीमा आबद्ध रहेका छन् । उनी परिवर्तनका लागि परिवार सहित जनयुद्धमा होमिए। । विक्रम संवत् २०५९ चैत्र २९ गते चैनपुर मोर्चा लड्दा लड्दै  आफ्ना भाइ गुमाएका थिए ।

सम्बन्धित समाचार