Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा । माथागढी गाउँपालिकाको आयोजना तथा होमस्टे महासंघ नेपालको सहकार्यमा चैत्र ४ गते देखि ६ गतेसम्म होमस्टे तालिम शुरु भएको छ। होमस्टे (घरबास) संचालनको लागि आधारभूत तथा रैथाने पाक शिक्षा तालिमको उद्घाटन माथागढी वडा नम्बर ३ स्थित कसेनी ओलेसमा सम्पन्न भएको छ।

तालिम ३ दिनसम्म चल्ने र तालिममा सिकेका कुरा ब्यबहारमा उतार्न माथागढी-१ चिदिपानीका धैरेनी मगर सांस्कृतिक होमस्टे तथा कौडेलेक मगर सामुदायिक होमस्टे समितिका पदाधिकारीहरुलाई प्रदान गरिएको वडा अध्यक्ष घर्ती मगरले बताउनुभयो। सो होमस्टे तालिममा महासंघका केन्द्रिय उपाध्यक्ष धनिश्वर बस्याल चिफ अभि सारुबाट प्रदान गरिने उहाँको भनाई छ। सो तालिमको उद्घाटन माथागढी गाउँपालिका आर्थिक विकास समिति संयोजक तथा माथागढी-३ वडा कसेनी वडाअध्यक्ष तेज बहादुर घर्ति मगरको अध्यक्षता, कार्यपालिका सदस्य तुलसा न्यौपानेको अतिथ्यता तथा कार्यक्रम संयोजक नित्यानन्द खनालको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार