Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा-रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ ।

२०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा रहेका ६० घर मौरी एक एक गदै मरेर घार खाली हुन पुगेपछि बर्ष भरी हुने आम्दानी नोक्सान भएको बताए ।

गाउँमा अन्य छिमेकीको पनि मौरी मरेको छ। यस बर्ष रामपुरमा तोरी खेती राम्रो भएको र मौरीलाइ चरन राम्रो हुने आशा लिएको समयमा मौरी काढ्ने र घार गोला पनि विक्री गरेर राम्रो आम्दानी बढाउने सपना लिएका ब्यवसायिक कृषकको आशा निराशामा परिणत भएकाे हाे ।

माघको अन्तिमबाट मौरी दिनानुदिन घट्दै गएर फागुनको अन्त्यतिर सबै घार खाली हुदा आफु आश्चर्यमा परेको उनले गुनासो गर्दै खाली घार आधार चाका देखिउदै २५ बर्षको अनुभवमा यस्तो त कहिल्यै नभएको सुनाए ।

मौरी पालनबाट राम्रो आम्दानी लिदै मौरी पालन फर्म संगै घार बनाउने उद्योग संचालन गर्दै आएका न्यौपानेले यस बर्ष लोकल मह,घार गोला बिक्री गरेर सात लाख बरावर आम्दानी गर्ने  ब्यवसाय नै स्वाहा भएको हाे।

मौरी मरेर स्वाहा हुनुको कारण तोरी फुल खेल्दाको सिजनमा अत्याधिक विषादी प्रयोगले हुन सक्ने उनको अनुमान छ । त्यसैले खेतिपातीमा बिषादी छर्दा साँझ ५ बजे पछि छर्न उनको सुझाव छ। विहान ३ बजे देखी दिउसो ४ बजे सम्म रस खोज्न मौरी घारबाट वाहिर आउने जाने समय भएकोले साँझ ५ बजे पछी विषादी छरेमा मौरीलाइ कम असर पर्ने पनि कृषक न्यौपानेको अनुभव छ ।

पूर्वी पाल्पामा पुरानो चिनिएको न्यौपाने मौरी फर्मबाट पाल्पा जिल्लाका विभिन्न गाँउ ठाउ र स्याङ्गजा तनहु नवलपरासी कास्की र झापासम्म घार गोला विक्री भएको छ भने बर्षेनी मह उत्पादन गरी मनग्य आम्दानी दिदै आएकोछ । न्यौपाने मौरी फर्ममा मौरी प्रतिघार गोला नौ हजार र मह प्रति किलो बाह्र सयमा विक्री हुदै आएको छ।

सम्बन्धित समाचार