Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

तानसेन। ”श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित रिब्दीकोट गाउँपालिकाले पालिकामा सूचीकृत बेरोजगार युवा लक्षित सीपमूलक तालिम प्रदान गरेको छ। पालिकाले सूचिकृत भएका ४० युवालाई ५० दिने सडक मर्मत सम्भार सम्बन्धि तालिम दिएको हो।

 

रिब्दीकोट गाउँपालिकाको आयोजना एवं ग्लोबल कलेज अफ इन्जीनियरिङ टेक्नोलोजी प्रा.लि. बुटवल रुपन्देहीको सहजीकरणमा ५० दिने सडक मर्मत तथा सम्भार तालिम सम्पन्न भएको हो ।

 

तालिम समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिमले स्थानीय युवाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास लिएको बताए। उनले बेरोजगार बनेका युवालाई श्रमसंग जोजेर आर्यआर्जनमा लगाउन पालिकाले तालिम प्रदान गरेको बताउँदै आफूले आर्जन गरेको सीपलाई वास्तविक र व्यवहारिक बनाएर सदुपयोग गर्न आग्रह गरे।

सम्बन्धित समाचार