Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा- पाल्पा जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ। यो क्रम चिन्ताजनक रूपमा जारी रहेको तथ्यांकहरूले देखाएका छन्।

जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आधा भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका हुने गरेको पाइएको हो। पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा एक हजार ३ सय ५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ४ सय ४३ र २०८०/८१ मा ४ सय २८ मुद्दा दर्ता भएको थिए।  गएको आर्थिक वर्षमा कुल ८ सय १५ मुद्दा दर्ता भएकामा चार सय ८५ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको पाल्पा अदालतका स्रेस्तेदार केशव पराजुलीले बताए । सम्बन्ध विच्छेदका मुद्दामध्ये ४०४ वटा फैसला भइ ८१ वटा बाकीँ रहेकाे स्रेस्तेदार पराजुलीले बताए ।

सम्बन्ध विच्छेदका मुद्धामा अधिकांश कम उमेरमा विवाह गरी आपसी असमजदारी भएका, वैदेशिक रोजगारीमा जाने युवायुवतीको सम्बन्ध विग्रिएका तथा अध्ययन र कामका लागि विदेश जानका लागि गसिएको सम्बन्धहरु तोड्नेहरु रहेको पाइएको छ ।

अदालतका सूचना अधिकारी रामप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैवाहिक सम्बन्ध अन्त्यका लागि समेत २७ जना जिल्ला अदालतमा आएका थिए ।

मोबाइल फोन र सूचना प्रविधिको दुरुपयोग, वैदेशिक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल, विवाहति महिला पुरुष परपुरुष र परस्त्रीसंगको सम्बन्ध गास्ने गरेका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको  पाइएको छ ।

यसैबीच ल्लिा अदालत पाल्पाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा १०९ वटा बढी मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा ७ सय ६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकामा ८ सय १५ वटा मुद्दा फर्छ्यौट गरी लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालत पाल्पाले जनाएको छ ।

सम्बन्धित समाचार