तानसेन -सिद्दार्थ राजमार्गकाे लामिडाँडा सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण गर्न थालिएको हो ।
तानसेन नगरपालिका–६ वडा कार्यालयको स्रोतसाधन व्यवस्थापन, भू तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक सहयोग, सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा पहिरो जोखिम क्षेत्रमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरिएको तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले जानकारी दिए ।
उनका अनुसार यो प्रविधिमार्फत ढुङ्गा, माटो, घाँसलगायत वस्तुको प्रयोग गरी पहिरो खस्ने क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनको कार्य गरिन्छ । “यहाँ पहिरोका कारण दुई घर र विद्यालय जोखिममा रहेका थिए । पहिरोबाट घर र विद्यालय जोगाउन बायो इञ्जिनियरिङअन्तर्गत बाँस, अम्रिसो, घाँस रोपिएको हो”, उनले भने । पहिरोका कारण घर र विद्यालय जोखिममा परेपछि क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रविधि प्रयोग गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अहिलेसम्म दुई पटक भारी वर्षा भए पनि माटो जमेर बसेकाले पहिरो तथा भू–क्षय रोकथाम भएको विश्वास लिइएको उल्लेख गरे ।
तत्काल ३५ मिटर लम्बाइमा बाँसको वाल उठाएर पहिरो तथा भू–क्षय रोकथाम नियन्त्रणको प्रयास गरिएको निर्माण कम्पनी सिल्ट कष्ट्रक्सन तिनाउका प्रोपाइटर प्रकाश श्रेष्ठले जानकारी दिए । उनले भने, “पाँच/छ मिटर गहिराइमा बाँस गाडिएको छ, यसले माटो बग्नलाई रोक्छ ।” श्रेष्ठका अनुसार बायो इन्जिनियरिङले भू–क्षय, पहिरो जानबाट रोक्नुका साथै हरियाली बनाउने भएकाले यो प्रभावकारी उपाय हुनसक्ने धारणा राखे । उनले यो प्रविधिमार्फत निर्माण गरिएका संरचना र आसपासका क्षेत्रमा पानीले माटो बगाएर नोक्सान हुनबाट जोखिने बताए ।न हुनबाट जोखिने बताए ।























