Palpa Dainik
बुधबार, भाद्र ३१, २०८३  |  September 16, 2026
×

पाल्पा –सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चौथो चरणको कार्यान्वयन मोडालिटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायी बनाउने उद्देश्यका साथ गाउँपालिकाले यस कार्यक्रमको आयोजना गरेको हो।

अभिमुखीकरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन राना, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामी कार्यक्रमका जिल्ला संयोजक दिनेश घिमिरेले वैदेशिक रोजगारीका चुनौती, यसलाई सुरक्षित बनाउने उपाय र वैदेशिक रोजगारीबाट प्राप्त हुने आर्थिक तथा सामाजिक सहायताका विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो।

त्यसैगरी, रोजगार संयोजक काली बहादुर रानाले रोजगार सेवा केन्द्रमार्फत गाउँपालिकामा सञ्चालित विभिन्न कार्यक्रमहरू र तिनको प्रभावकारिताका बारेमा जानकारी गराउनुभएको थियो। वैदेशिक रोजगारीमा जान चाहने र फर्किएका व्यक्तिहरूका लागि स्थानीय सरकारले खेल्न सक्ने भूमिकाका बारेमा समेत कार्यक्रममा छलफल भएको थियो।

मनोपरामर्शकर्ता ईश्वर ढुंगानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूले सामी कार्यक्रमको चौथो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका थिए। रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा  कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित समाचार