रूपन्देही । पाल्पाको रैनादेवी छहरा सम्पर्क समाज रूपन्देहीको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। रूपन्देहीको बनवाटिकामा आयोजित अधिवेशनमा करिब २५० जनाको उपस्थिति रहेको थियो।
अधिवेशनले राम बहादुर खत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा उपाध्यक्षहरूका रूपमा मदन पौडेल र हिरा कुमारी श्रेष्ठ चयन भएका छन्। सचिव कृष्ण भण्डारी, सहसचिव शंकर घर्ति,र कोषाध्यक्ष देवलाल अर्घाली रहेका छन्।
यसैगरी, सदस्यहरूमा गोविन्द न्यौपाने, गोपाल न्यौपाने, दामोदर पौडेल, अर्जुन पोखरेल, अमृत बेवारे, दुर्गा मरासिनी, भुवन कार्की, पारस पोखरेल, हिम केसी, लेखनाथ पौडेल, र दीपक कार्की निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिले समाजको विकास, सहकार्य र प्रवासमा रहेका रैनादेवी छहरा क्षेत्रका नागरिकहरूको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा उपस्थित सहभागीहरूले समाजको उद्देश्य, भावी कार्ययोजना तथा विकासका विषयमा विभिन्न छलफल गरेका थिए।
























