Palpa Dainik
शुक्रबार, साउन १५, २०८३  |  July 31, 2026
×

पाल्पा । पश्चिम नेपालको सबैभन्दा पुरानो शैक्षिक संस्था पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको माहोल तातेको छ । यस पटक अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियु (स्वतन्त्र) आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धामा छन् । नेविसंघले निर्वाचनका लागि अखिल छैटौँको साहारा खोजेर संयुक्त प्यानल निर्माण गरेको छ । अघिल्लो कार्यकालमा सर्वसम्मत नेतृत्व चयन भए पनि यसपटक प्रतिस्पर्धात्मक चुनाव हुने देखिएको छ । विद्यार्थी हकहितका लागि स्थापित विद्यार्थी संगठन बीच सहमति हुन नसकेपछि चैत ५ गते निर्वाचन हुने भएको हो ।

लामो समयदेखि नेविसंघले नेतृत्व गरेको क्याम्पसमा यसपटक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विद्यार्थी अधिकारका लागि संघर्षरत अखिल (क्रान्तिकारी) संगठनलाई प्रमुख दावेदार मानिएको छ । अध्यक्ष पदका उम्मेदवार मिलन घर्ती मगर विद्यार्थीका माँझ लोकप्रिय मानिन्छन्, जसको टीम विद्यार्थीहरूमाझ परिचित छ । त्यसैले आफ्नो पक्षमा माहोल राम्रो भएको दावी छ ।

यसैगरी, नेविसंघका कृष्ण अर्याल यस अघि स्ववियुका सभापति हुन । अनेरास्ववियुकी अनुजा अर्याल विद्यार्थी राजनीतिमा नयाँ अनुहार हो । नेविसंघ र अनेरास्ववियुका अर्याल पनि आ आफ्नो पक्षमा माहोल रहेको दाबी गरेका छन् । निर्वाचन नजिकिंदै गर्दा विद्यार्थी मतदाताहरूको चासो बढ्दै गएको छ । एमाले निकट अनेरास्ववियुको संगठनात्मक अवस्था कमजोर देखिएको छ । संगठनभित्रका केही समस्याका कारण उम्मेदवार व्यवस्थापन गर्न कठिनाइ भोगेको आरोप लागेको छ ।

यसैबीच, चुनावी प्रतिस्पर्धालाई बाह्य हस्तक्षेप गर्ने प्रयास भइरहेको आरोपसमेत लागेको छ। कतिपय उम्मेदवारहरूलाई दबाब दिइएको, धम्की दिइएको तथा उम्मेदवारी फिर्ता लिन बाध्य पारिएको गुनासो विद्यार्थीहरूमध्येबाट उठिरहेको छ। स्वतन्त्र रूपमा उम्मेदवार छनोट गर्न पाउनुपर्ने माग समेत उठ्न थालेको छ ।

नेविसंघले लामो समयदेखि क्याम्पसमा नेतृत्व गरे पनि पुरानै नेतृत्वलाई निरन्तरता दिएको कारण यसपटक संगठन केही कमजोर देखिएको छ । त्यसैले नेविसंघले र अखिल छैटौँको साहारा खोजेको हो । नेविसंघले संयुक्त प्यानल चुनावी मैदानमा देखाएको हो । अघिल्लो कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको कारण विद्यार्थीहरूमा असन्तुष्टि देखिएको छ ।

यता, समाजवादी निकट अनेरास्ववियु पनि बलियो प्रतिस्पर्धामा छैन। तर, अध्यक्ष पदका उम्मेदवार उमेश अर्याल विद्यार्थीहरूमाझ लोकप्रिय छन्, जसले नेविसंघ र अनेरास्ववियुबाट असन्तुष्ट मतदाताहरूको समर्थन पाउने अनुमान गरिएको छ ।स्ववियु निर्वाचनको मिति नजिकिंदै जाँदा विद्यार्थीहरूबीच चासो र उत्साह थप बढेको छ।

सम्बन्धित समाचार