Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा-करदाता सेवा कार्यालय तानसेन, पाल्पाले आर्थिक वर्ष २०८१/०८२ मा ६० करोड ८१ लाख ९५ हजार ४७० रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.५१ प्रतिशतले बढी हो। कार्यालयले यस वर्ष आफ्नो वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ५५ करोड ५३ लाख ५७ हजार ७९० रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन लक्ष्यको ७५ प्रतिशत थियो। करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीका अनुसार गत वर्ष संकलन भएको राजस्व कार्यालय स्थापना भएयताकै सबैभन्दा धेरै हो। कार्यालयले ७० करोड २२ लाख ७२ हजार ९७० रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

सम्बन्धित समाचार