Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा-भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ पाल्पाका र कृषि ज्ञान केन्द्र कार्यालयले आर्थिक वर्ष सूरु भएको चार महिनापछि कार्यक्रम सार्वजनिकीकरण गरेका छन् । जेनजी आन्दोलन, चाडपर्व तथा समयमा कार्यक्रम स्वीकृत नआएकोले ढिला हुन गएको हो । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ पाल्पाको चालु आर्थिक वर्षमा ३ करोड २४ लाख बराबरको बजेट सार्वजनिक भएको छ । त्यसैगरी कृषि ज्ञान केन्द्र पाल्पाले चालु आवामा ३ करोड ६४ लाख ४५ हजार बराबरको  बजेट सार्वजनिक गरेको छ ।

जिल्लाको कृषि र पशुका क्षेत्रमा सानो बजेटले किसानको समस्या समाधान गर्न समस्या रहेको बताएको छ । सो कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सरकारको प्राथमिकतामा कृषि क्षेत्र नपरेकोमा गुनासो व्यक्त गरे । कृषि क्षेत्रलाई आगामी दिनमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने धारणा समेत सभामुख घर्तीको भनाई थियो ।

जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले कृषि उत्पादनलाई नयाँ प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि गर्नुपर्ने बताइन् । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालय पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालले वार्षिक कार्यक्रमको सार्वजनिक गर्दै कृषकहरुको आवश्यकता र माग अनुसार कार्यक्रम र बजेट न्यून हुँदा काम गर्न कठिनाई भएको बताए ।

कृषि ज्ञान केन्द्रकी कार्यालय प्रमुख अमिता पाण्डेयले वार्षिक कार्यक्रमको सार्वजनिक गर्दै भनिन्, बजेट र कार्यक्रममा कमी आएको छ । विषादीको प्रयोग र सचेतना सम्वन्धी बजेट भएपनि, त्यसको असर सम्वन्धी अध्ययन गर्न बजेट नभएको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, टिकाराम रेग्मी, दुर्गा खाण र पोम बहादुर मस्यांदी लगायतले किसानका समस्या समधान गर्ने प्रक्रिया नै झन्झटिलो भएको गुनासो राखेका थिए । कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालय पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार