Palpa Dainik
बुधबार, साउन १३, २०८३  |  July 29, 2026
×

पाल्पा – राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले जिल्लाका भूमिहीन दलित र सुकुम्बासीहरूलाई लालपूर्जा वितरण गर्नका लागि ‘निस्सा’ प्रदान गर्न सुरु गरेको छ। यसले लामो समयदेखि जग्गाविहीन रहेका नागरिकमा लालपूर्जा पाउने आशा जगाएको छ।

जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म ६ वटा पालिकामा निस्सा वितरण गरिसकिएको छ। समिति सदस्य देवीलाल लामिछानेका अनुसार, तिनाउ, निस्दी, रैनादेवी छहरा, रम्भा, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका एक हजारभन्दा बढी नागरिकले यो निस्सा प्राप्त गरिसकेका छन्। बाँकी ४ वटा पालिकामा पनि यही भाद्र १५ गतेभित्र निस्सा वितरण गरिसक्ने योजना रहेको छ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले निस्सा प्राप्त गरेसँगै अब सुकुम्बासीहरूले चाँडै लालपूर्जा पाउने बाटो खुलेको बताए। उनले लालपूर्जा प्राप्तिको प्रक्रिया सहज बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनीहरूले बसोबास गरिरहेको ठाउँमा जग्गा प्राप्त गर्न पहिलो प्राथमिकता पाउनेछन्। यदि त्यहाँ सम्भव नभए, वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालको अन्य कुनै तोकिएको ठाउँमा पनि जग्गा पाउन सक्नेछन्।  उनीहरूले हाल बसोबास गरिरहेको ठाउँमा मात्र जग्गा पाउनेछन्। उनीहरूका लागि अन्यत्र जग्गा वितरण हुनेछैन।

सम्बन्धित समाचार