Palpa Dainik
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026
×

पाल्पा- अखिल नेपाल क्रान्तिकारी महिला संघ, तानसेनको बैठक आज अध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा महिला सशक्तिकरणका विविध विषयमा छलफल भएको आयोजकले जनाएको छ।

बैठकका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले महिलालाई न्याय दिलाउन थप सक्रिय हुनुपर्नेमा जोड दिए। उनले महिलामाथि हुने विभेद र अन्यायविरुद्धको मुद्दा माओवादीले सधैं उठाउँदै आएको पनि बताए।

विशिष्ट अतिथिका रूपमा उपस्थित तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले पहिलाको तुलनामा अहिले माओवादीमा उत्साह बढेको बताएकी छिन्। उनले माओवादी निकट महिला संगठनहरूले नियमित बैठक र भेला आयोजना गर्नुपर्ने सुझाव पनि दिइन्।

अखिल नेपाल क्रान्तिकारी महिला संघ केन्द्रीय सदस्य मञ्जु विक, सचिव श्यामकुमार राणा, शान्ति न्यौपानेशान्ति सारु लगायतले संगठनका आगामी गतिविधि तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार