Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । आज दिउँसो दिनको १ बजे बस्ने पाँचौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त जानकारी सभामुखले बढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिनेछन् ।

सम्बन्धित समाचार